Rule 31
ऋणको सा“वा र व्याजको वास्तविक रकम निश्चित गर्ने
ः (१) ऐनको दफा ४४ बमोजिम फा“टवारी दाखिल भएपछि जिल्ला भूमिसुधार अधिकारीले सो फा“टवारी र उपनियम (३) बमोजिम लिइएको लगत भिडाई सम्बन्धित साहु असामी र साक्षीहरू समेत बुझ्नु पर्ने देखेमा बढीमा ३५ दिनसम्मको म्याद दिई झिकाई आवश्यक जा“चबुझ गर्नेछ । (२) उपनियम (१) बमोजिम आवश्यक जा“चबुझ गरी र ऐनको दफा ४९ बमोजिम जग्गावालाले खेतीको कामको निमित्त मोहीलाई दिएको गोरू वा कृषिको अन्य साधनको मोल स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाबाट कायम गराई जिल्ला भूमिसुधार अधिकारीले प्रत्येक साहु र असामी किसानको सम्बन्धमा चालू वर्षको र सो अघिको छुट्टा छुट्टै कृषि सम्बन्धी ऋणको वास्तविक रकम निश्चित गरी अनुसूची–१३ बमोजिमको ढाँचामा त्यसको फाँटवारी तयार गरी जिल्ला भूमिसुधार अधिकारीको कार्यालयको सूचना बोर्डमा टा“सी प्रकाशित गर्ने र त्यसको एक प्रति सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको वार्ड समितिमा समेत पठाई दिनु पर्दछ । (३) किसानहरूले साहुबाट लिएको ऋण सम्बन्धी लगत भूमिसुधार टोलीले पनि अनुसूची–१४ मा तोकिएको ढा“चामा लिनेछ ।